सुनचाँदी बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट
काठमाडौं, असार १२ — नेपाली सुनचाँदी बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार ३०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य १३५ रुपैयाँले ओरालो लागेको छ।
आज छापावाल सुन प्रतितोला २ लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन अर्थात् सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ रहेको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि घटेर प्रतितोला ४ हजार ३१० रुपैयाँमा कायम भएको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो।
लगातार मूल्यमा आएको उतारचढावका कारण सुनचाँदी व्यवसायी तथा उपभोक्ताले बजारको अवस्था नजिकबाट नियालिरहेका छन्।
What's Your Reaction?





