तोकिएको समयसीमाभित्र संस्था नवीकरण नगर्ने सदस्य संघहरू निलम्बित हुने : कोषाध्यक्ष गणेश प्रसाद विश्वकर्मा
काठमाडौं, साउन ११ — नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले आफ्ना आबद्ध सदस्य संघ तथा एसोसिएट सदस्यहरूलाई २०८३ असोज मसान्तभित्र सदस्यता नवीकरण तथा संस्थागत अभिलेख अद्यावधिक गर्न आग्रह गरेको छ।
महासंघका अनुसार विधानको दफा १०(क)(३) बमोजिम सबै आबद्ध सदस्य संघ तथा एसोसिएट सदस्यहरूले प्रत्येक आर्थिक वर्षभित्र सदस्यता नवीकरण गर्नुपर्ने व्यवस्था रहेको छ। सोही व्यवस्था अनुसार रु. २५,००० नवीकरण शुल्क बुझाएर निर्धारित समयभित्र सदस्यता नवीकरण गर्न महासंघले अनुरोध गरेको हो।
महासंघका कोषाध्यक्ष गणेश प्रसाद विश्वकर्माले तोकिएको समयसीमाभित्र सदस्यता नवीकरण नगर्ने सदस्यहरूलाई वार्षिक नवीकरण शुल्कमा ५० प्रतिशत जरिवाना लाग्ने जानकारी दिएका छन्।
यस्तै, सम्बन्धित सरकारी निकायमा तीन वर्ष वा सोभन्दा बढी समयदेखि संस्था नवीकरण नगरेका वा संस्थागत अभिलेख तथा अन्य विवरण अद्यावधिक नगरेका सदस्य संघहरूलाई पनि २०८३ असोज मसान्तभित्र आवश्यक प्रक्रिया पूरा गरी संस्था नवीकरण तथा अभिलेख अद्यावधिक गर्न आग्रह गरिएको छ।
महासंघले जारी गरेको सूचनामा तोकिएको समयसीमाभित्र सरकारी निकायमा संस्था नवीकरण तथा आवश्यक अभिलेख अद्यावधिक नगर्ने सदस्य संघहरू महासंघको विधानबमोजिम स्वतः निलम्बित हुन सक्ने चेतावनी समेत दिइएको छ।
महासंघका कोषाध्यक्ष गणेश प्रसाद विश्वकर्माद्वारा हस्ताक्षरित सूचनामा सबै सदस्य संघलाई समयमै आवश्यक प्रक्रिया पूरा गरी महासंघ तथा सम्बन्धित सरकारी निकायमा नवीकरण एवं संस्थागत अभिलेख अद्यावधिक गर्न अनुरोध गरिएको छ।
What's Your Reaction?





