विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

 0  5
विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

०९ असार ,काठमाडौं । विशेष अदालतले पूर्वमन्त्री विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका पौडेलमाथि थप अनुसन्धान आवश्यक रहेको भन्दै विभागले अदालतसँग म्याद माग गरेको थियो। अदालतले उक्त माग स्वीकृत गर्दै ७ दिनको म्याद दिएको हो।

विभागले पौडेलसँग सम्बन्धित आर्थिक कारोबार, सम्पत्तिको स्रोत तथा अन्य विषयमा अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ। यस विषयमा थप अनुसन्धान जारी रहेको बताइएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow