तस्बिरमा: कर्णाली नदीमा खसेको बसको खोजी जारी, एक जनाको शव फेला

 0  9
तस्बिरमा: कर्णाली नदीमा खसेको बसको खोजी जारी, एक जनाको शव फेला

दैलेख । कर्णाली नदीमा यात्रुबाहक बस खस्दा एक जनाको शव फेला परेको छ। दुर्घटनापछि सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयवासीको सहयोगमा उद्धार तथा खोजी कार्य जारी रहेको छ।

प्रहरीका अनुसार नदी किनारको भीरमा एक जनाको शव फेला परेको छ भने शव निकाल्ने प्रयास भइरहेको छ। दुर्घटनाग्रस्त बसमा कति जना यात्रु सवार थिए भन्ने यकिन विवरण अझै खुल्न सकेको छैन।

घटनापछि सुरक्षा निकायले सम्भावित यात्रुको खोजी, उद्धार तथा घटनाको थप विवरण संकलन गर्ने कार्य तीव्र बनाएका छन्। दुर्घटनाको कारणबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तस्बिर: सशस्त्र प्रहरी बल नेपाल

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow