नागरिकलाई जरिवाना तिराउने सरकारले सडकमा खाल्डो भेटिए १ लाख जरिवाना तिर्नुपर्ने व्यवस्था गर्नु पर्‍यो : ज्ञानेन्द्र शाही

 0  8
नागरिकलाई जरिवाना तिराउने सरकारले सडकमा खाल्डो भेटिए १ लाख जरिवाना तिर्नुपर्ने व्यवस्था गर्नु पर्‍यो : ज्ञानेन्द्र शाही

काठमाडौं, १४ असार । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले ट्राफिक नियम उल्लंघन गर्दा नागरिकलाई जरिवाना तिराउने व्यवस्था भए २४ घण्टाभित्र सडकमा खाल्डो भेटिए राज्यले पनि १ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

सरकारी निकायलाई उत्तरदायी र जवाफदेही बनाउने कानुनी व्यवस्था तत्काल आवश्यक रहेको जोड दिदै उनले नागरिकलाई मात्र कानुनको दायरामा ल्याउने अभ्यास अन्त्य गर्दै राज्यका निकायलाई पनि समान रूपमा जिम्मेवार बनाउने कानुन आवश्यक रहेको बताए ।

ट्राफिक बत्ती बिग्रिएर समयमा मर्मत नगरिए एक लाख रुपैयाँ, ट्राफिक प्रहरीले सेवाग्राहीसँग रुखो व्यवहार गरे ५० हजार रुपैयाँ तथा राति सडकबत्ती नबले ५० हजार रुपैयाँ जरिवाना सम्बन्धित निकायले तिर्नुपर्ने कानुन बनाउनुपर्ने उनको भनाइ थियो। यसका साथै ट्रायल परीक्षा उत्तीर्ण गरेको सात दिनभित्र लाइसेन्स उपलब्ध गराउन नसके सम्बन्धित निकायलाई ५० हजार रुपैयाँ जरिवाना तिराउने व्यवस्था गर्न पनि शाहीले माग गरे ।

शाहीले नागरिकलाई मात्र कानुनको दायरामा ल्याउने अभ्यास अन्त्य गर्दै राज्यका निकायलाई पनि समान रूपमा जिम्मेवार बनाउने कानुन आवश्यक रहेको भनाई राखेका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow