नेपालमा पेट्रोलियम पदार्थको मूल्य घट्न अझ केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
काठमाडौं, १४ असार । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मध्यपूर्व द्वन्द्वका कारण बढेको डिजेल, पेट्रोललगायतका इन्धनको मूल्य अब घट्ने बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै अर्थमन्त्री वाग्लेले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको भए पनि नेपालमा भारतीय आयल निगममार्फत उक्त इन्धन आउन बाँकी रहेकाले हालसम्म त्यसको मूल्य घटाउने अवस्था नरहेको जिकिर गरे ।
केही समय लागे पनि अब नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य घट्ने अवस्थामा रहेको अर्थमन्त्री वाग्लेको भनाइ थियो ।
उनले भने, ‘मध्यपूर्वमा जुन समस्या देखियो यसका कारण यो इन्धनमा भएको मूल्यवृद्धिबाट आम उपभाक्तालाई परेको भार घटाउन अर्थमन्त्री भएको दुई हप्ता भित्रै यो डिजेल, पेट्रोल र मट्टीतेल पैठारीमा लाग्ने भन्सार महशुल र डिजेल तथा पेट्रोलमा लाग्ने पूर्वाधार विकास करको ५० प्रतिशत छुट हामीले दियौँ र अहिले मध्यपूर्वको अवस्था सहज हुँदै गयो। अब टाईम ल्याक त हुन्छ। क्रुड प्राईस त घटि नै सक्यो। तर त्यो प्रोसेस इन्धन हुँदै भारतीय आयल निगममार्फत हामीले जुन आयात गर्ने गरेका छौँ, त्यो एकजेष्ट भएर नेपालमा आउन केही समय लाग्ला। तर मूल्य अब घट्नेवाला छ ।’
What's Your Reaction?





