चर्चित गायिका मेलिना राईले गरिन इन्गेजमेन्ट

काठमाडौं, ०३ माघ | चर्चित गायिका मेलिना राईले हालै लमजुङका डाक्टर ध्रुव गुरुङसँग इन्गेजमेन्ट गरेकी छिन् र उनीहरूको विवाह माघ ४ गते गोकर्णेश्वरस्थित हिमाली घर रिसोर्टमा हुने तय भएको छ।
मेलिना राई नेपाली संगीत क्षेत्रमा पिरेम नलाउनी,बैंसै बेइमानी,नाच फिरिरि, जस्ता लोकप्रिय गीतहरूका लागि प्रसिद्ध छिन्।
ध्रुव गुरुङ लमजुङका डाक्टर हुन्, र उनीहरू केही समयदेखि प्रेम सम्बन्धमा थिए। उनीहरूको इन्गेजमेन्टका तस्बिरहरू सार्वजनिक भएसँगै फ्यानहरू र कलाकारहरूले बधाई दिएका छन्।
विवाह समारोहमा परिवारका सदस्यहरू, साथीभाइहरू, र संगीत क्षेत्रका सहकर्मीहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।
What's Your Reaction?






