खानी भत्किँदा २२ जनाको मृत्यु

 0  36
खानी भत्किँदा २२ जनाको मृत्यु

याङ्गोन, माघ २ गते । उत्तरी म्यानमाको काचिन राज्यमा एक जेड खानी भत्किँदा २२ जनाको शव फेला परेको छ । गत जनवरी १३ र १४ गते थप नौ शव फेला परेको प्रहरी अधिकारीले जानकारी दिएका छन् । बुधबार पनि उद्धार कार्य जारी रहेको छ ।

हपाकान्त नगरपालिकाको खानी क्षेत्रमा रहेको माटोको पोखरी भत्किँदा सोमबार भीषण दुर्घटना भएको थियो। दुर्घटनाका कारण ५७ घर पनि माटोमुनि पुरिएको अधिकारीले बताएका छन् । भत्किएको माटोको मात्रा धेरै भएकाले तल गाडिएका मानिस निकाल्न कठिन भएको अधिकारीहरुको भनाइ छ । रासस–सिन्ह्वा  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow