अन्डाको मूल्य बढ्यो

 0  21
अन्डाको मूल्य बढ्यो

काठमाडौं, १० कात्तिक । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य प्रतिक्रेटमा ५० रुपैयाँ फेरि बढाएको छ ।

संघले आज सोमबारदेखि लागू हुने गरी ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५ सय रुपैयाँ र मध्यम अन्डाको मूल्य ४ सय ५० रुपैयाँ हुने गरी मूल्य बढाएको हो ।

उत्पादन घटेको र खपत बढेको भन्दै संघले फेरि अघिल्लो दरको तुलनामा प्रतिक्रेटमा ५० रुपैयाँ मूल्य बढाएको हो । यो मूल्यवृद्धि चितवनलाई आधार बनाएर निर्धारण गरिएको संघले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow