रिटर्नी फेडेरेसन नेपाल केन्द्रिय पदाधिकारी बैठकले के निर्णय गरे ?
काठमाडौं, २० चैत। रिटर्नी फेडेरेसन नेपाल केन्द्रिय पदाधिकारीहरूको बैठक एमाले केन्द्रिय कार्यालय च्यासल ललितपुरमा बसेको छ । चैत्र १९ गते मङ्गलबार बसेको उक्त बैठकले निम्न विषयहरूमा छलफल एवं निर्णय गरेको थियो ।
- केन्द्रिय कमिटीका सदस्यहरूको विवरण तत्काल पूर्णता दिदैँ अद्यावधिक गर्ने कार्यको सहजिकरणको जिम्मा अर्थ सचिव सिता बस्याल ।
- वर्तमान केन्द्रिय कमिटीलाई परिचयपत्रको व्यवस्था गर्ने ।
- रिटर्नी फेडेरेसन नेपालको विभिन्न तहगत कमिटीहरूको विवरण चुस्त दुरुस्त राख्ने ।
- रिटर्नी फेडेरेसन नेपाल पारिवारिक सञ्जाललाई सक्रिय रुपमा अगाडि बढाउने ।
- दोश्रो महाधिवेशनद्वारा पारित सङ्कल्प प्रस्तावलाई पूर्ण रुपमा पालना गर्दै यसको कार्यान्वयनमा सम्पूर्ण रिटर्नीहरु लागि पर्ने।
- वर्तमान केन्द्रिय कमिटीको कार्यालयलाई अझ व्यवस्थित एवं प्रविधिमैत्री बनाउने ।
- नवनिर्वाचित केन्द्रिय पदाधिकारीहरूको विवरण सङ्कलनको जिम्मा- उपमहासचिव नवराज श्रेष्ठ कोशी र मधेश प्रदेश, सचिव ज्ञानु खवास बागमती र गण्डकी प्रदेश साथै लुम्बिनी प्रदेशमा सचिव सिता बस्याललाई तोकिएको छ।
- केन्द्रिय कार्यालयको इन्चार्जको जिम्मेवारी उपमहासचिव नवराज श्रेष्ठलाई तोकिएको छ ।
-केन्द्रयि कमिटीको बैठक तथा प्रशिक्षण तयारी र आगामी कार्ययोजना निर्माण अध्यक्ष बिनोद भट्टराई
अध्यक्ष बिनोद भट्टराईको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथि इन्चार्ज डा.कृष्ण केसी रहेका थिए भने उपाध्यक्ष जितेन्द्र बानियाँ, उपमहासचिव नवराज श्रेष्ठ, सचिव ज्ञानु खवास, सचिव सिता बस्याल एवं प्रचार विभाग प्रमुख हेम राईको उपस्थिति रहेको थियो। बैठकको सञ्चालन सङ्गठनका महासचिव खेम कार्कीले गरेका थिए ।
What's Your Reaction?





