रिटर्नीलाई एमाले महासचिव शङ्कर पोखरेलको बधाई एवं सम्मान

काठमाडौं,१९ चैत । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नवनिर्वाचित रिटर्नी फेडेरेसन नेपालको केन्द्रिय पदाधिकारीहरूलाई आज पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच बधाई एवं शुभकामना दिएका छन् !
रिटर्नी फेडेरेसनका निवर्तमान अध्यक्ष उत्तम अधिकारीले नवनिर्वाचित पदाधिकारीहरूलाई महासचिव शङ्कर पोखरेलसँग साक्षात्कार गराई दिएका थिए भने महासचिव पोखरेलले नवनिर्वाचित अध्यक्ष बिनोद भट्टराई लगायत सम्पूर्ण टिमलाई खादा लगाई सम्मान गरेका थिए |
अधिवेशन पूर्ण रुपमा सफल पारि नवनिर्वाचित कमिटीलाई कार्यभार हस्तान्तरण गर्न सफल भएकोमा उपस्थित पूर्व कमिटीका सम्पूर्ण टिमलाई खादा लगाई सम्मान एवं बधाई दिएका थिए ।
कार्यक्रममा नेकपा एमाले जनसङ्गठन प्रमुख भानुभक्त ढकाल, रिटर्नी फेडेरेसन इन्चार्ज डा.कृष्ण केसी, पूर्व उपाध्यक्ष सालिक बस्याल, पूर्व महासचिव जेपी सापकोटा, उपाध्यक्ष जितेन्द्र बानियाँ, महासचिव खेम कार्की, उपमहासचिव नवराज श्रेष्ठ, सचिव ज्ञानु खवास, सिता बस्याल तथा प्रचार विभाग प्रमुख हेम राई लगायतको उपस्थिति रहेको थियो ।
What's Your Reaction?






