बझाङमा ४.४ रेक्टर स्केलको भूकम्प
बझाङ, १४ मंसिर । आज बझाङको सैपाल हिमालमा केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको छ ।
आज आइतबार मध्यान्ह १२ बजेर ९ मिनेट जाँदा सैपाल हिमाल केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
विपद कुनै बाजा बजाएर नआउने भन्दै जिल्ला प्रशासन कार्यालय बाजुराले भूकम्पसहितका प्राकृतिक विपद्बाट जोगिन सजग र सतर्कता अपनाउन स्थानीय नागरिकलाई सुझाव दिएको छ।
भूकम्पको धक्का बाजुरामा पनि महशुस गरिएको छ । पश्चिमी क्षेत्रमा भूकम्प आउन थालेपछि स्थानीय त्रसित बनेका छन्।
What's Your Reaction?





