अधिवेशन आयोजना गर्न आनाकानी गर्ने प्रवृत्ति स्वीकार्य छैन - अध्यक्ष उत्तम अधिकारी

 0  85
अधिवेशन आयोजना गर्न आनाकानी गर्ने प्रवृत्ति  स्वीकार्य छैन - अध्यक्ष उत्तम अधिकारी

काठमाडौं०३ माघ रिटर्नी फेडेरेसन नेपालका अध्यक्ष उत्तम अधिकारीले एक विज्ञप्ति जारी गर्दै  अधिवेशन आयोजना गर्न आनाकानी गर्ने, आलस्यता देखाउने र निराश हुने प्रवृत्ति सङ्गठनात्मक  हिसाबले स्वीकार्य विषय नरहेको बताए । साथै सदस्यता बिस्तार र जिल्ला अधिवेशन सम्पन्न गरिसक्नु पर्ने अन्तिम मिति २०८१ माघ १५ गते रहेको भनी पुन एक चोटी स्मरण गराएको छ
विज्ञप्तिको सार यस्तो छ -

साथीहरू ! 
हामी यतिबेला देशव्यापी रूपमा पालिका, जिल्ला अधिवेशनको चरणबाट अघि बढिरहेका छौँ । अत्यन्तै रफ्तारका साथ जिल्ला अधिवेशनहरू आयोजना भैरहेका छन् । पौष मसान्तसम्मको लागि तय गरिएको जिल्ला अधिवेशनको समयावधि सबैको चाहना र परिस्थितिलाई समेत मध्यनजर गरि माघ १५ सम्मलाई थप गरिएको सबैलाई जानकारी भएकै विषय हो ।

 यसो गर्दा पनि अझै थप समय पाइन्छ कि भनी अधिवेशन आयोजना गर्न आनाकानी गर्ने, आलस्यता देखाउने र निराश हुने प्रवृत्ति सङ्गठनात्मक  हिसाबले स्वीकार्य विषय होइन । तोकिएको मिति भित्र अधिवेशन सम्पन गर्न सम्पूर्ण तहका नेतृत्वलाई अनुरोध र दबाब दिन साथै जिल्ला नेतृत्वमा खबरदारी गरिन्छ ।  सदस्यता बिस्तार र जिल्ला अधिवेशन सम्पन्न गर्ने अन्तिम मिति २०८१ माघ १५ गते हो भन्ने हामी सबैले पुनः स्मरण गरौँ र सम्पूर्ण जिल्ला अधिवेशन तोकिएको मिति भित्र सम्पन्न गरौँ । 

जिल्ला अधिवेशन सम्पन्न गर्न केन्द्र देखि पालिकासम्मका सबैले नैतिक, भौतिक र आर्थिक सहयोग साथै आवश्यक समन्वयमा इमान्दारितापूर्वक हातेमालो गरौँ । बाकी रहेको थोरै समयमा विगतमा पूरा गर्न नसकेको जिम्मेवारी पूरा गरौँ । 

अत्यन्तै उत्साहप्रद ढङ्गले जिल्ला अधिवेशन सम्पन गरेका सबै जिल्लाहरू, आयोजकहरू, प्रदेश नेतृत्व पङ्क्ति र केन्द्रीय नेताहरू लगायत सरोकारवाला सबैमा हार्दिक धन्यवाद । नव निर्वाचित जिल्ला र पालिका कमिटीका सम्पूर्ण साथीहरूमा हार्दिक बधाई । 

जुटौँ - अघि बढौँ । धेरै जिल्लामा हामी पहिलो जनसङ्गठन घोषित भएका छौँ । हामी कमजोर छैनौ । बलियो आत्मबल र पारस्परिक विश्वास सहित लागि परौ । अभिवादन । 

उत्तम अधिकारी 
माघ २

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow