कान्ति लोकपथमा पहिरो खसेपछि बाटो बन्द

 0  5
कान्ति लोकपथमा पहिरो खसेपछि बाटो बन्द

काठमाडौं, ८ असोज । ललितपुरको बागमती गाउँपालिका–३ माल्टामा पहिरो खसेपछि बिहीबार दिउँसोदेखि कान्ति लोकपथ पूर्ण रूपमा बन्द भएको छ ।

पहिरो खसेपछि बिहीबार दिउँसो साढे १२ बजेदेखि कान्ति लोकपथ पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।

पहिरो झरिरहेकाले तत्काल हटाउने अवस्था नहुँदा बाटो पूर्ण रूपमा बन्द गरिएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow