पहिरोको जोखिममा रहेका जाजरकोटका २ सय जनालाई विद्यालयमा सारियो (तस्विरसहित)

 0  10
पहिरोको जोखिममा रहेका जाजरकोटका २ सय जनालाई विद्यालयमा सारियो (तस्विरसहित)

काठमाडौं, ३१ साउन । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ क्षेत्रका करिब ७० घरपरिवारका २०० जनालाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा स्थानान्तरण गरिएको छ।

चार जनाको ज्यान जाने गरी आएको बाढी पहिरोका कारण उच्च जोखिममा रहेका झ्यालीखेत डाँडाबाट १६ जना, चिसापानीबाट २० जना, राउटेरे डाँडाबाट १५ जना र रिसाङ फारुलाबाट १४९ जनालाई सुरक्षित रुपमा उद्धार तथा स्थानान्तरण गरिएको हो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow