एमाले नेता पासाङ शेर्पा कारागार चलान
काठमाडौं, १९ कात्तिक । नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा डिल्लीबजार कारागार चलान भएका छन् । बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पा मंगलबार धुम्बाराहीबाट पक्राउ परेका थिए ।
बुधबार फैसला कार्यान्वयनका लागि अदालत उपस्थित गराइएका शेपालार्ई अदालतले डिल्लीबजार कारागार चलानका लागि पत्र दिएपछि डिल्लीबजार पठाइएको प्रहरीले जनाएको छ ।
ताप्लेजुङ घर भएका शेर्पा एमालेको जनसंगठन जनजाति महासंघका अध्यक्षसमेत हुन्। उनीविरुद्ध बहुविवाहसम्बन्धी मुद्दामा १ वर्ष जेल र ५ हजार जरिवाना तोकिएको थियो ।
What's Your Reaction?





