मलाई मेरो सालिक बनाउने चाहना अहिले पनि छैन र पछि पनि हुने छैन - सुदन किराती

 0  39
मलाई मेरो सालिक बनाउने चाहना अहिले पनि छैन र पछि पनि हुने छैन - सुदन किराती

पूर्व मन्त्री सुदन किराती आफ्नो फेसबुक पेजमा लेख्छन् - धरानमा मेरो सालिक बनाई दिनुहुने सबैलाई हृदय भित्रबाटै उच्च सम्मान गर्दछु ।

सबैमा स्मरण रहोस्, मलाई मेरो सालिक बनाउने चाहना अहिले पनि छैन र पछि पनि हुने छैन । साँच्चै भन्नुपर्दा मान्छेको सालिक बनाउने र सालिकलाई पूजा गर्ने संस्कृतिको सिद्धान्ततः म विरोधी हुँ । 

फेरि मैले सालिक बनाउनु पर्ने किसिमको देशलाई योगदान पनि के नै पो गरेको छु र ? त्यसैले त्यो बनिएको सालिक कसैले नदेख्ने ठाउँमा र कसैले कहिल्यै नभेट्ने गरी लगेर गाडिदिनु हुन स्थानीय सरकार धरानसँग माग गर्दछु । 

नोट :- कुनैपनि विषयमाथि प्रतिकृया हेर्दा महसुस भयो कि, शब्दहरूले आफै  आत्महत्या गरिरहेको छ । सामाजिक सञ्जालमा विचार व्यक्त गर्दा स्वभाविक रुपमा दुनियाँ सामु आफ्नो योग्यताको पनि मापन भइरहेको हुन्छ । त्यसैले सभ्य र स्तरीय टिप्पणी गर्दा हामी सबैका लागि स्वास्थ्यकर हुन्छ होला भन्ने टिप्पणी कर्ताहरुप्रति पनि विनम्रताको साथ  सुझाव गर्दछु । 

धन्यवाद !

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow