आज रातिदेखि पृथ्वी राजमार्गमा सवारी चलाउन नपाईने

 0  6
आज रातिदेखि पृथ्वी राजमार्गमा सवारी चलाउन नपाईने

धादिङ, ८ असोज । जल तथा मौसम विज्ञान विभागले धादिङ र आसपासका क्षेत्रमा आगामी केही दिनसम्म भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरेसँगै आज रातिदेखि पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङले अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानको उच्च जोखिम बढेपछि पृथ्वी राजमार्गमा रात्रिकालीन सवारी आवागमनमा पूर्ण रूपमा बन्द गरिने जनाएको छ ।

यात्रु र सवारीसाधनको सुरक्षालाई सुनिश्चित गर्न प्रशासनले आज बेलुकी ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण सवारीसाधनको आवागमनमा पूर्ण रोक लगाएको हो ।

प्रशासनले यात्रु तथा चालकलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न, जोखिमयुक्त स्थानमा नजान र सम्बन्धित निकायले जारी गर्ने सुरक्षा निर्देशनको पूर्ण पालना गर्न अनुरोधसमेत गरेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow