चुनावमा प्रतिस्पर्धा हुनु स्वाभाविक हो : ईश्वर पोखरेल

 0  11
चुनावमा प्रतिस्पर्धा हुनु स्वाभाविक हो : ईश्वर पोखरेल

काठमाडौं, २९ मंसिर । एमालेको जारी ११औँ महाधिवेशनमा अध्यक्ष पदका उम्‍मेदवार ईश्वर पोखरेलले चुनावमा प्रतिस्पर्धाको कुरा स्वाभाविक भएको बताएका छन् ।

भृकुटीमण्डमा जारी एमालेको ११औँ महाधिवेशनको बन्दसत्र स्थलमा पत्रकारहरूसँग कुरा गर्दै पोखरेलले हिजो भूमिगत अवस्थामा हुँदा पनि प्रतिस्पर्धा भएको चर्चा गर्दै अहिले खुल्ला अवस्थामा जनताको बहुदलीय जनवादले निर्देशित पार्टीमा आन्तरिक प्रतिस्पर्धा हुनु अस्वभाविक नभएको जिकिर गरे ।

पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्ष पदमा आफूले दाबी गरेको भन्दैै नेता पोखरेलले पार्टीलाई पुनर्गठित र पुनर्व्यवस्थित गर्नु आवश्यक रहेको बताए।

उनले महाधिवेशनमा प्रतिनिधि बनेर आउनु भएका आम कार्यकर्ताहरूलाई आग्रह गर्दै भने, ‘म पार्टीलाई सामूहिक नेतृत्व अन्तर्गत विधिपूर्वक ठीक ढंगले चलाउने उद्देश्यसहित आउन चाहेको हो । पार्टीलाई विचारमा पुनर्गठित गर्नुपर्ने, संगठनमा पुनर्गठित गर्नुपर्ने र नेतृत्वमा पुनर्व्यवस्थित गर्नुपर्ने हुन्छ । साथै पार्टीको कार्यसम्पादनमा पनि पुनर्व्यवस्थित गर्नुपर्ने जरूरी छ । यसको अर्थ के हो भने पार्टीलाई थप अपडेटेड रुपमा ल्याउनु जरूरी छ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow