एमाले महाविधेशन : बन्दसत्र दिउँसो ३ बजेदेखि, वरिष्ठ उपाध्यक्ष पद नरहने

 0  17
एमाले महाविधेशन : बन्दसत्र दिउँसो ३ बजेदेखि, वरिष्ठ उपाध्यक्ष पद नरहने

काठमाडौं, २८ मंसिर । भक्तपुरको सल्लाघारीमा शनिबार उद्घाटन भएको नेकपा एमालेको ११औँ महाधिवेशनको बन्दसत्र आईतबार दिउँसो ३ बजेदेखि भृकुटीमण्डपमा सुरु हुने भएको छ।

यसअघि बिहानै सुरु गर्ने भनिएको बन्दसत्रको समय सारेर ३ बजे पुर्‍याइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका हुन् ।

बन्दसत्र सुरु हुनुअघि केन्द्रीय कमिटी बैठक बसेको थियो। बैठकले विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष पद हटाउने निर्णय गरेको समेत गरेको छ ।

बैठकले पदाधिकारी १९ जना र केन्द्रीय कमिटी ३०१ सदस्यीय हुने गरि विधान संशोधन हुने निर्णय गरेको छ। जस अनुसार, अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९ गरी जम्मा १९ जना पदाधिकारी संख्या रहने, पोलिटब्युरो ९९ सदस्यीय हुने र केन्द्रीय कमिटी २५१ बाट बढाएर ३०१ जनाको बनाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow