रिटर्नी (Returnee) भन्नाले वैदेशिक रोजगारी, अध्ययन, व्यापार वा कुनै पनि कारणले विदेश गएर फेरि आफ्नो मातृभूमिमा केहि गरौ भनि फर्किएका समुदायलाई जनाउछ ।
नेपालको अहिलेको अवस्थामा बैदेशिक रोजगार आर्थिक र सामाजिक दुवै हिसाबले एक अत्यन्तै महत्त्वपूर्ण विषय बनेको छ। यसले देशको अर्थतन्त्र, सामाजिक संरचना र बिशेस रुपमा युवा श्रमिक तहमा गहिरो प्रभाव पारेको छ।
देशको बर्तमान अवस्थामा मुलुक कै दोश्रो ठुलो पार्टी नेकपा एमालेको दोश्रो रास्ट्रीय महाधिबेसन मंसिरको २७-२९ गते भक्तपुरमा हुन् गैईरहेको छ |आउदो नेकपा एमालेका अधिबेसनमा करिब ४२ लाख बैदेशिक रोजगारीमा रहेको नेपालीहरुको प्रतिनिधित्व गर्दै रिटर्नीहरुको एक मात्र प्रतिनिधत्वको रुपमा एमाले केन्द्रिय कमिटि सदस्यमा उत्तम अधिकारीले आफ्नो उम्मेदारी घोषना गरेका छन् |
को हुन त उत्तम अधिकारी ?
विदेशबाट फर्किएका रिटर्नीहरुलाई संगठित शक्तिको रुपमा जनसंगठनको महसुस गरि अधिकारीको संयोजकतामा २०७७ सालमा रिटर्नी अभियान सुरु गरिएको थियो जसको परिणाम स्वरुप रिटर्नी फेडेरेशनको स्थापना भएको मानिन्छ |त्यसैगरि रिटर्नी फेडेरेसन नेपालका निबर्तमान अध्यक्ष पनि हुन् अधिकारी |
उनीले नेकपा (एमाले) उपत्यका बिशेष प्रदेश कमिटी, नेकपा (एमाले) प्रथम विधान महाधिवेशन प्रतिनिधि , बागमती प्रदेश प्रतिनिधि परिषद सदस्यको भूमिका सफलता पुर्बक पुरा गरिसकेका साथै रिटर्नी एवं नेकपा (एमाले) दारा संचालित काठमाण्डौका अभियानहरुमा कृयाशिल रहँदै आएका छन् ।
करिब १३ बर्ष यूएई बसाईंका क्रममा नेकपा (एमाले)को प्रवास सँगठन प्रवासी नेपाली मञ्च यूएईको क्षेत्रिय कमिटीको सचिव, राष्ट्रिय कमिटीको प्रचार बिभाग प्रमुख हुँदै २ कार्यकाल महासचिवको जिम्मेवारी निर्वाह गरेको र स्वदेश फर्किएपछि रिटर्नी माइग्रेन्ट नेपाल गठन गरि बैदेशिक रोजगारबाट फर्केकाहरुलाई एकिकृत र सँगठित गर्दै रिटर्नी पार्टी सदस्यहरुलाई देशैभर गोलबन्द गर्ने अभियानको नेतृत्व गर्दै आएका छन् |
अन्तराष्ट्रिय नेपाली रक्तदाता संघका महासचिव अधिकारी सामाजिक कार्यमा पनि सक्रिय रहेका छन् ।