एमाले महाधिवेशन : अध्यक्षमा उम्मेदवारी दिन १५ हजार र पदाधिकारीको १० हजार रुपैयाँ शुल्क

 0  12
एमाले महाधिवेशन : अध्यक्षमा उम्मेदवारी दिन १५ हजार र पदाधिकारीको १० हजार रुपैयाँ शुल्क

काठमाडौं, २९ मंसिर । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा मंगलबार मतदान हुने भएसँगै उम्मेदवारी शुल्क तोकिएको छ।

पुस १ गते मंगलबार बिहान ११ देखि साँझ ६ बजेसम्म मतदान गर्ने कार्यतालिका तोकिएसँगै उम्मेदवारी शुल्क तोकिएको हो । जसअनुसार अध्यक्ष पदको उम्मेदवारी दर्ता शुल्क रु. १५ हजार, पदाधिकारीहरु र केन्द्रीय आयोगका अध्यक्षका लागि रु. १० हजार, केन्द्रीय सदस्यहरु र आयोगका पदाधिकारीहरुका लागि रु. ५ हजार शुल्क तोकिएको छ ।

नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow