यस वर्षको धान दिवसमा करिब ७५ लाख लिटर दही खपत हुने अनुमान

 0  7
यस वर्षको धान दिवसमा करिब ७५ लाख लिटर दही खपत हुने अनुमान

काठमाडौं, १२ असार । हरेक वर्ष असार १५ गतेका दिन खेतमा धान रोप्दै, रमाइलो गर्दै दही र चिउरा खाने परम्परागत नेपाली संस्कृति रहँदै आएको छ ।

असार १५ गते मनाईने राष्ट्रिय धान दिवसका लागि देशभर करिब ७५ लाख लिटर दही खपत हुने अनुमान गरिएको छ । 

बिहीबार राजधानीमा आयोजित ‘दही–चिउरा प्रवद्र्धन कार्यक्रम’ का क्रममा नेपाल डेरी एसोसिएसनले उक्त तथ्यांक सार्वजनिक गरेको हो । 

एसोसिएसनका अनुसार उक्त दिन दही बिक्रीबाट मात्रै करिब १ अर्ब रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow