एमालेको महाधिवेशन भक्तपुरको सल्लाघारीमा हुने
काठमाडौं, १० मंसिर । नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा र बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ ।
आज च्यासलमा बसेको महाधिवेशन सचिवालय बैठकले महाधिवेशन उद्घाटन स्थल सल्लाघारीमा र बन्दसत्र भृकुटीमण्डपमा हुने गरी निर्णय गरेको हो ।
यही मंसिर २७ र २९ गते हुने भएको महाधिवेशनको मुलनारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ राखिएको छ।
What's Your Reaction?





