रास्वपा उम्मेदवारलाई पछि पार्दै सुनसरी-१ मा हर्क साम्पाङ विजयी

 0  20
रास्वपा उम्मेदवारलाई पछि पार्दै सुनसरी-१ मा हर्क साम्पाङ विजयी

सुनसरी, २४ फागुन । सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ विजयी भएका छन्।

रास्वपाकी गोमा तामाङलाई ८ हजार ४९२ मतले पछि पार्दै साम्पाङ सुनसरी–१ मा निर्वाचित भएका हुन्।

हर्कले ३५ हजार ७४१ मत प्राप्त गर्दा तामाङले २७ हजार २४९ र एमालेका टीकाराम लिम्बुले ६ हजार ४६३ मत ल्याएका छन्। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow