दलीय राजनीतिबाट तत्कालका लागि बिदा लिएको रवीन्द्रको घोषणा

 0  19
दलीय राजनीतिबाट तत्कालका लागि बिदा लिएको रवीन्द्रको घोषणा

काठमाडौं, २३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीका सबै जिम्मेवारीबाट तत्कालका लागि राजीनामा दिएको बताएका छन् ।

काठमाडौं क्षेत्र नं १ बाट पराजित भएपछि मिश्रले आज शनिबार सामाजिक सञ्जालमार्फत दलीय राजनीतिबाट तत्कालका लागि बिदा लिएको बताएका हुन् । मिश्रले राप्रपाका सबै जिम्मेवारीहरूबाट राजीनामा दिए पनि राजसंस्था पुनर्स्थापना र सुशासनलगायतका मुद्दाप्रतिका आफ्ना अडान यथावत रहेको बताएका छन् ।

उनले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको, ‘मैले आज जे निर्णय लिँदैछु, त्यो कुनै निराशा, हताश या हतारमा लिँदै छैन। धेरै सोचि-विचारी लिँदैछु । गत ९ वर्षको अभूतपूर्व रूपमा उतार–चढावपूर्ण मेरो राजनीतिक यात्राका क्रममा मैले मेरो विवेक र बुद्धिले भ्याएसम्म इमानदारीपूर्वक राजनीतिक र राष्ट्रिय रूपान्तरणका लागि प्रयास गरेँ। त्यो प्रयास अझै पर्याप्त देखिएको छैन। तर ‘देशभन्दा माथि स्वार्थ’ लाई राखेर ‘व्यक्तिले पाउने, देशले नपाउने’ कुनै पनि काम कुनै हालतमा गर्ने छैन।

यी यावत वर्षहरूमा यो कठिन यात्रामा साथ र सहयोग गर्नुहुने देश–विदेशमा रहेका नेपाली तथा पार्टीका नेता तथा साथीहरूप्रति जति आभार प्रकट गरे पनि त्यो अपर्याप्त हुन्छ। निर्वाचनमा अभूतपूर्व सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई बधाई तथा शुभकामना दिन चाहन्छु। प्रचण्डपथमा पट्टी लगाएको घोडा सरह एकोहोरीएर दौडिरहेको नेपाली राजनीति तातो तावाबाट भुङ्ग्रोमा नजाओस् -- त्यत्ति कामना गर्दछु।’ 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow