नागरिक उन्मुक्तिको अध्यक्ष मै हुँ, मलाई कसैले हटाउन सक्दैन : रञ्जिता श्रेष्ठ
काठमाडौं, १५ साउन । नागरिक उन्मुक्ति पार्टीका संस्थापक तथा संरक्षक रेशम चौधरीसहित बुधबार बसेको बैठकले रञ्जिता श्रेष्ठलाई अध्यक्ष र साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गर्ने निर्णय गरेको छ ।
पोखराको बाटुलेचौरको जग्गा प्रकरणमा जोडिएर घुस डिल गरेको अडिओ सार्वजनिक भएसँगै विवादमा तानिएकी रञ्जिताले आफ्नो स्वास्थ्यको कारण देखाउँदै पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष शिव वास्तोलालाई दिएकी थिइन्।
तर, बुधबार बसेको संस्थापकहरूको बैठकले पार्टीबाटै निष्काशन गर्ने निर्णय गरेको भन्दै उनले त्यसलाई हास्यास्पद भएको बताइन्। आफूलाई कसैले पनि अध्यक्ष पदबाट हटाउन नसक्ने बताएकी रञ्जिताले भनिन्, 'नागरिक उन्मुक्तिको अध्यक्ष मै हुँ निर्वाचन आयोगमा बुझ्न सक्नुहुन्छ। राजनीतिक दलको नियामक निकाय निर्वाचन आयोग हो।'
What's Your Reaction?





