निवर्तमान रिटर्नी फेडेरेसनका अध्यक्ष उत्तम अधिकारीको अन्तिम सम्बोधन |

 0  81
निवर्तमान रिटर्नी फेडेरेसनका अध्यक्ष उत्तम अधिकारीको अन्तिम सम्बोधन |

रिटर्नी फेडेरेसन नेपालका निवर्तमान अध्यक्ष उत्तम अधिकारीले आज  सामाजिक संजाल मार्फत सम्पूर्ण रिटर्नीहरुलाई सम्बोधन गरेका छन् | सम्बोधनको पूर्ण पाठ यस्तो छ -

साथीहरू,
 सङ्गठनको दोश्रो राष्ट्रिय महाधिवेशन सफल रूपमा सम्पन्न गर्न सहयोग पुर्‍याउनु भएकोमा हार्दिक आभार र धन्यवाद ज्ञापन गर्दछु । महाधिवेशनबाट  निर्वाचित हुनुभएका अध्यक्ष कमरेड बिनोद भट्टराई लगायत सबैमा बधाई  र शुभकामना छ । नवनिर्वाचित कमिटीले सङ्गठनलाई थप उचाइमा पुर्याउने विश्वास लिएको छु । 

साथीहरू, आयोजकको रूपमा महाधिवेशनमा को को आउन सक्नुभएन त्यसको विवरण केही समयमा प्राप्त हुने नै छ । निवर्तमान कार्यकालमा केन्द्रीय कमिटीमा रही कमिटीले तोकेको मासिक लेबी लगायतका दायित्व बाकी रहेको भए त्यसलाई फर्छ्यौट गर्न अन्तिम पटक अनुरोध गर्दछु । सङ्गठनमा दायित्व बाकी रहनु भनेको तपाईंको आगामी राजनीतिक यात्राको बाधक पक्ष हुनेछ । यसलाई गहिरोसँग मनन गर्नुहोला । 

सिङ्गो कार्यकालभरि कमरेडहरूको अत्यन्तै भरोसायुक्त साथ अनि सहयोगको लागि म तपाईंहरू सबै प्रती आभारी छु । 

सङ्गठन सञ्चालनका दौरानमा हुने अथवा भएका कमीकमजोरी र प्राप्त उपलब्धि हाम्रो साझा विषय हुन् । नयाँ जिम्मेवारीलाई नयाँ सङ्कल्पका साथ सङ्गठनको घोषित लक्ष्य प्राप्तिमा केन्द्रीत गर्दै अघि बढ्न निर्वाचित नेतृत्व र कमिटीलाई सबैले सहयोग गरौँ । 

आवधिक रूपमा जिम्मेवारी फरक हुँदै जाने सामान्य साङ्गठनिक प्रक्रिया हो, हामी सङ्गठनमा जोडिएका कोही पनि यसको मूल मर्म, भावना, उद्देश्य र कार्यक्रमबाट बाहिर हुनुहुँदैन । ढिलो चाँडो हुनसक्छ तर योगदानको आधारमा न्याय पक्का हुन्छ, हामी सबै यसमा विश्वस्त रहनु पर्दछ । 

इन्चार्ज कमरेड कृष्ण केसी, मेरो नेतृत्वको सिङ्गो पदाधिकारी साथीहरू, स्थायी कमिटी , केन्द्रीय कमिटी, सल्लाहकार परिषद, अनुशासन , लेखा, निर्वाचन आयोग, प्रदेश कमिटीहरू, जिल्ला कमिटीहरू र पालिका स्तरीय तथा वडा कमिटीहरूमा रहेर राजनीतिक, साङ्गठनिक र आर्थिक योगदान गर्नुभएका सबैमा एकमुष्ट धन्यवाद ज्ञापन गर्दछु । 

हार्दिक अभिवादन सहित |

उत्तम अधिकारी, 
तपाईंहरुको साथी 
२०८१ चैत्र २१

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow