विपिन जोशी जीवित रहेको प्रमाण भेटिएन : इजरायली सेना

 0  6
विपिन जोशी जीवित रहेको प्रमाण भेटिएन : इजरायली सेना

काठमाडौं, २७ असोज । हमासद्वारा बन्धक बनाईएका विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीले बताएका छन् । इजरायली सेनाले आज रिहा हुन लागेका बन्दकहरुको सूचीमा विपिनको नाम नरहेकाले उनी जीवित नरहेको औपचारिक जानकारी दिएको हो।

इजरायली सेना आईडीएफका एक अधिकारीका अनुसार इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका विपिनका दाजु किशोर र इजरायलको प्रधानमन्त्री कार्यालयका दुई अधिकारीहरुलाई भिडियो कन्फरेन्समा जोडेर विपिन जीवित नरहेको औपचारिक जानकारी दिएको इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले जानकारी दिए ।

अमेरिकाको पहलमा इजरायल र हमासबिच युद्धविराम भएपछि आज हमासको नियन्त्रणमा रहेका जीवित र मृतक बन्दीहरु रिहा गर्ने कार्यक्रम छ । आज छाड्न लागिएका २० जनाको सूचीमा विपिनको नाम छैन ।

राजदूत पण्डितका अनुसार बन्दकको रिहाइसँगै मृतकको लाश पनि आज बुझाउन लागिएको तर त्यसमा पनि विपिन नरहेको जानकारी प्राप्त भएको छ। ‘मृतकको पनि कतिपयको लाश उपलब्ध नभएकाले त्यसको खोजी कार्यमा हामी हामी लागेका छौँ, हामी फिल्डमै छौँ, त्यो भन्दा जानकारी केही छैन भन्नुभयो,’ पण्डितले भने।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow