आजदेखि श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओ भर्न सकिने

 0  5
आजदेखि श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओ भर्न सकिने

काठमाडौं, २६ असोज । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आईपीओमा आज असोज २६ गतेदेखि सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्ने भएका छन् ।

पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात कम्पनीले अब सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २५ करोड १० लाख ४९ हजार ३०० रुपैयाँ बराबरको २५ लाख १० हजार ४९३ कित्ता शेयर निष्काशन गर्न लागेको हो।

उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिने छ। निष्काशन बन्द छिटोमा असोज २९ गते हुनेछ भने ढिलोमा कात्तिक ९ गते हुने कम्पनीले जनाएको छ।

आईपीओ भर्न चाहने लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य, बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow