काठमाडौंमा एक दिने हस्तकला प्रदर्शनी हुँदै

 0  9
काठमाडौंमा एक दिने हस्तकला प्रदर्शनी  हुँदै

१६ बैशाख २०८३ | काठमाडौं

काठमाडौंमा यही १९ गते शनिबार एक दिने हस्तकला सम्बन्धी विशेष प्रदर्शनी आयोजना हुने भएको छ। नेपालका मौलिक उत्पादन तथा हस्तकलाका सामग्रीहरूको प्रवर्द्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ।

प्रदर्शनीमा नेपालका प्रख्यात हस्तकलाका सामग्रीहरू समावेश गरिनेछन्, जसमा पश्मिना (Pashmina), Felt उत्पादन, Hemp सामग्री, Jewelry, Garments लगायत अन्य विभिन्न नेपाली हस्तकला तथा मौलिक उत्पादनहरू प्रदर्शन तथा बिक्रीका लागि राखिनेछन्।

कार्यक्रमका विशेष आकर्षणहरूमा १०० भन्दा बढी स्टलहरू, प्रत्यक्ष निर्माताबाट खरिद गर्ने अवसर, Export योग्य सामग्रीको अवलोकन तथा खरिद, व्यवसाय विस्तारका लागि नेटवर्किङको अवसर तथा निःशुल्क अभिमुखीकरण (Free Orientation) रहने छन्।

कार्यक्रमअन्तर्गत “हस्तकला व्यवसायलाई Export सँग कसरी जोड्ने ?” विषयमा विशेष अभिमुखीकरण सञ्चालन गरिनेछ। यसले व्यवसायी तथा नयाँ उद्यमीहरूलाई उपयोगी जानकारी प्रदान गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

उक्त प्रदर्शनीमा १५०० भन्दा बढी आगन्तुकहरू सहभागी हुने अपेक्षा गरिएको छ। यो प्रदर्शनी केवल किनमेलमा सीमित नभई अन्वेषण, सिकाइ र व्यवसायिक सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण प्लेटफर्मका रूपमा रहने आयोजकको भनाइ छ।

आयोजकले आफ्ना परिवार तथा साथीभाइसँग सहभागी भई नेपाली उत्पादनको प्रवर्द्धनमा साथ दिन सबैलाई आग्रह गरेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow