नेपालबाट बाहिरियो मनसुन

 0  10
नेपालबाट बाहिरियो मनसुन

काठमाडौं, २५ असोज । पछिल्लो वर्षहरूमा झैँ यो वर्ष पनि ८ दिन ढिला गरी मनसुन बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन सरदर अक्टोबर २ मा बाहिरिनु पर्ने भए पनि आठ दिन ढिला गरी शुक्रबार (अक्टोबर १० अर्थात असोज २४ गते)  नेपालबाट बाहिरिएको हो।

यो वर्ष १५ दिन अगाडि मे २९ मा नै नेपाल भित्रिएको मनसुन १३५ दिनसम्म सक्रिय रहेर बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुन बाहिरिए पनि पानी नै नपर्ने वा मौसम सफा भइ नराख्ने तथा स्थानीय तथा पश्चिमी वायुको प्रभावले बदली र वर्षा हुने सम्भावना भने रहको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow