यस वर्ष भाइटीका लगाउने उत्तम साइत ११ बजेर ३९ मिनेटमा

 0  8
यस वर्ष भाइटीका लगाउने उत्तम साइत ११ बजेर ३९ मिनेटमा

काठमाडौं, २८ असोज । यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहिबार बिहान ११ बजेर ३९ मिनेटमा रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको जानकरी अनुसार कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि बिहान ११ बजेर ३९ मिनेट उत्तम रहेको छ ।

राज्य सञ्चालकले साइतमै टीका लगाउनुपर्ने तथा सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ । 

यसवर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ । धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow