अन्डाको मूल्य बढ्यो
काठमाडौं, ७ मंसिर । नेपाल लेयर्स कुखुरापालक संघले आइतबारदेखि लागु हुने गरी अन्डाको मूल्य बढाएको छ।
जाडो महिनामा अन्डा खपत बढ्ने भएकाले पनि बजारमा थप माग सिर्जना हुँदा अन्डाको मूल्य बढाइएको हो । संघका अनुसार बढेको मूल्यअनुसार अब ठूलो (एक्सएल) अन्डाको मूल्य प्रतिक्रेट ५ सय २०, ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५०५ रुपैयाँ र मध्यम अन्डाको ४ सय ९० रुपैयाँ तोकिएको हो ।
चितवनलाई आधार बनाएर निर्धारण गरिएको यो मूल्यवृद्धि अघिल्लो दरको तुलनामा प्रतिक्रेटमा ५५ रुपैयाँ बढाइएको हो । यसअघि संघले ठूलो अन्डाको भाउ प्रतिक्रेट ४५० र मध्यम अन्डाको ४ ३५ रुपैयाँ तोककेो थियो ।
What's Your Reaction?





