बानियाँ आज बागमतीको नयाँ मुख्यमन्त्री बन्दै, एमालेबाट को को मन्त्री बन्दैछ ?

बानियाँ आज बागमतीको नयाँ मुख्यमन्त्री बन्दै, एमालेबाट को को मन्त्री बन्दैछ ?

 0  28
बानियाँ आज बागमतीको नयाँ मुख्यमन्त्री बन्दै, एमालेबाट को को मन्त्री बन्दैछ ?

२० श्रावण , काठमाडौँ । बागमती प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदैछ । आज काँग्रेस संसदीय दलका नेता एवं प्रदेश सभापति इन्द्रबहादुर बानियाँ नयाँ मुख्यमन्त्री बन्दै छन् ।

प्रदेश प्रमुखले आज २ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आव्हान गरे बमोजिम बानियाँ एमालेको समर्थनमा मुख्यमन्त्री बन्दैछन् ।

यसैबीच एमालेबाट मन्त्री बन्नेहरूका नाम टुङ्गिएको छ । एमालेले आफ्नो भागमा परेका ६ जना मन्त्री मध्य ५ जना नयाँ अनुहार छानेको छ भने एक जनालाई दोहोराएको छ । दोहोरिनेमा स्वास्थ्यमन्त्री किरण थापा रहेका छन् । त्यस्तै मधुसुदन पौडेलले कृषि मन्त्रालय, भरत केशीले वन मन्त्रालय, जयराम थापाले श्रम, रोजगार तथा यातायात मन्त्रालय, बिन्दु श्रेष्ठले उद्योग मन्त्रालय र डा. दिनेशचन्द्र देवकोटाले  भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow