रिटर्नी फेडेरेसनको नयाँ कमिटीद्वारा पद तथा जिम्मेवारी ग्रहण
काठमाडौं, १८ चैत । रिटर्नी फेडेरेसन नेपालको दोस्रो महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुले पदभार तथा जिम्मेवारी ग्रहण गरेका छन् ।
आईतबार फेडेरेसनको थापागाँउस्थित केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच नव निर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका हुन् ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवम् रिटर्नी फेडेरेसनका ईन्चार्ज डा. कृष्ण केसीको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रममा पुरानो केन्द्रीय कमिटीले नव निर्वाचित कमिटीलाई पद तथा जिम्मेवारी हस्तान्तरण गरेको हो ।
कार्यक्रममा पूर्व अध्यक्ष उत्तम अधिकारी, संस्थापक अध्यक्ष चन्द्र बहादुर रोकाहा, बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा, पूर्व उपाध्यक्ष शालिग्राम बस्याल, पूर्व महासचिव जेपी सापकोटा, पूर्व उप महासचिव जीवन अर्याल, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष संजय थापालगायतले नव निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको फेडेरेसनको प्रचार विभागले जनाएको छ ।
What's Your Reaction?





