सरकारलाई महेश बस्नेतको चुनौती, 'हिम्मत भए केपी ओलीलाई पक्रेर देखाउ'

 0  8
सरकारलाई महेश बस्नेतको चुनौती, 'हिम्मत भए केपी ओलीलाई पक्रेर देखाउ'

काठमाडौं, २२ असोज । एमाले पोलिटव्यूरो सदस्य महेश बस्नेतले हिम्मत भए पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेर देखाउन वर्तमान सरकारलाई चुनौती दिएका छन् । 

साइबर ब्युरोमा बयान दिएपछि बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलनको आयोजना गरेका बस्नेतले ‘तिम्रो बाउको हिम्मत छ भने केपी ओलीलाई पक्राउ गरेर देखाउ भन्दै सरकारलाई चुनौती दिएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै नेता बस्नेतले भने, ‘तिम्रो बाउको हिम्मत छ भने केपी ओलीलाई पक्राउ गर । तिम्रो बाउको हिम्मत छ भन्ने शब्द नराम्रो हो त, केपी ओली दोषी हुनुहुन्छ र तिम्रो बाउको हिम्मत छ भने पक्राउ गरेर देखाऊ ।’ 

केपी ओली लगायतका नेताहरुलाई पक्राउ गर्न जेनजी अगुवाहरुले मंगलबार प्रहरीमा उजुरी दिएसँगै आज बुधबार बस्नेतले पत्रकार सम्मेलन मार्फत ओलीलाई पक्राउ गरेर देखाउन चुनौती दिएका हुन् । 

उनले भदौ २३ गतेको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने र त्यसमा आफूहरुको सहयोग रहने बताउँदै अन्य घटनको पनि छानबिन गर्न माग गरे। ‘२३ गते मृत्यु भएको सन्दर्भमा जुन छानबिन समिति बनेको छ, त्यसले निष्पक्ष छानबिन गरोस्। निष्पक्ष छानबिन गर्नुहोस्, दोषी जो हुन्छ, त्यसलाई कारबाही गर्नुहोस्। हाम्रो पूर्ण समर्थन रहन्छ,’ बस्नेतले भने, ‘तर, आन्दोलनको नाममा सेनाको ज्याकेट लगाएर सार्फसुटर प्रयोग भएको छ कि छैनरु त्यसको पनि छानबिन प्रयोग होस्। रवि लामिछानेलाई कारागारबाट मुक्त गराउने गएकाहरुको पनि छानबिन होस्।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow