मोटरसाइकल र्‍यालीमा रिटर्नी (फोटोसहित)

 0  38
मोटरसाइकल र्‍यालीमा रिटर्नी (फोटोसहित)

काठमाडौं, १९ चैत । पार्टीको अभियान अन्तर्गत सत्तारुढ दल नेकपा एमालेले सोमबार काठमाडौंको तीनकुनेबाट राजावादी अभियानविरुद्ध मोटरसाइकल र्‍याली निकाल्यो।

लोकतन्त्रको विकल्प, केवल उन्नत लोकतन्त्र नारासहित निकालिएको मोटरसाइकल र्‍यालीमा एमाले नेताहरूसहित रिटर्नीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

काठमाडौंको तीनकुनेबाट राजावादी अभियानविरुद्ध निकालिएको मोटरसाइकल र्‍यालीमा रिटर्नीका पार्टी ईन्चार्ज डा. कृष्ण केसी, फेडेरेसनका अध्यक्ष विनोद भट्टराई, निवर्तमान अध्यक्ष उत्तम अधिकारी, उपाध्यक्ष जितेन्द्र बानियाँ, निवर्तमान अध्यक्ष शालिक बस्याललगायत विभिन्न कमिटीमा आबद्ध रिटर्नीहरुको सहभागिता रहेको थियो ।

उक्त मोटरसाइकल र्‍यालीमा सहभागी हुन एमाले नेताहरू राजन भट्टराई, भानुभक्त ढकाल, निरज आचार्य, विष्णु रिजाल, क्षितिज थेवे, पुण्य गौतम लगायतका नेताहरू पुगेका थिए। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow