साउदीका ‘स्लिपिङ प्रिन्स’ अल वालिदको निधन

काठमाडौं, ४ साउन । विगत २० वर्षदेखि कोमामा रहेका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन तलाल अल साउदको निधन भएको छ ।
सन् २००५ मा कार दुर्घटनामा परेर गम्भीर घाइते भएर कोमामा पुगेका राजकुमार अल वालिदको २० वर्षपछि निधन भएको हो । ३६ वर्षको उमेरमा निधन भएका राजकुमार ‘स्लिपिङ प्रिन्स’ का नामले चिनिने गर्दथे ।
सन् २००५ मा १५ वर्षको छँदा बेलायतको लन्डनमा सैनिक तालिम लिइरहेका बेला उनी सवारी दुर्घटनामा परेको गल्फ न्युजले उल्लेख गरेको छ। उक्त दुर्घटनामा उनको मस्तिष्कमा गम्भीर चोट लागेर आन्तरिक रक्तस्राव भएको थियो ।
उपचारका लागि अमेरिकी र स्पेनिस चिकित्सकहरूको टोली समेत संलग्न भए पनि उनी कहिल्यै पूर्णरूपमा होसमा भने फर्कन सकेनन् । राजकुमारको निधनले साउदी राजपरिवार र शुभेच्छुकहरूमा गहिरो शोक छाएको छ।
What's Your Reaction?






