फेरि पक्राउ परे आर्यघाटमा जल्दै गरेको शवको हड्डी किन्ने २ जना

 0  56
फेरि पक्राउ परे आर्यघाटमा जल्दै गरेको शवको हड्डी किन्ने २ जना

काठमाडौं, २९ साउन । प्रहरीले पशुपति आर्यघाटमा जलाउँदै गरेको शवको हड्डी किन्ने २ जनालाई पक्राउ गरेको छ ।

बिहीबार पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका-२ स्थायी घर भई हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-१२ कपन बस्ने ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरी बलानबिहुल गाउँपालिका-६ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-७ गौरीघाट बस्ने ४१ वर्षीय मिश्रीलाल यादव रहेका छन् । आज पक्राउ परेका ठाकुरको साथबाट प्लास्टिकमा पोको पारिराखेको अवस्थामा हड्डीको धुलो र खरानी जस्तो देखिने वस्तु बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले यसअघि साउन २३ गते पशुपति आर्यघाटको २ नम्बर चितामा जलाउँदै गरेको शवको हड्डी निकालेर ५ सय रुपैयाँमा बेचेको आरोपमा काभ्रेको मण्डनदेउपुर-५ घर भई काठमाडौंको गौरीघाट बस्ने गणेशप्रसाद ढकाल भन्ने जीवनाथ ढकाल र उदयपुरको कटारी नगरपालिका-८ घर भई गोठाटार बस्ने २४ वर्षका विनायक मैनालीलाई पक्राउ गरेको थियो। उनीहरुमाथि चितामा जल्दै गरेको शवबाट हड्डी सहितको खरानी निकालेर बेचेको आरोप छ।

पक्राउ परेका ढकाल र मैनालीलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow