पृथ्वी राजमार्ग आज राति ६ घण्टा बन्द हुने, यात्रुलाई समस्या

 0  8
पृथ्वी राजमार्ग आज राति ६ घण्टा बन्द हुने, यात्रुलाई समस्या

काठमाडौं, २६ असोज । धादिङको गजुरी गाउँपालिका–५ गलौँदी क्षेत्रमा त्रिशूली नदीको कटानका कारण भासिएको सडक मर्मतसम्भार गर्न आज राति ६ घण्टा बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङले सोमबार सूचना जारी गर्दै सडक मर्मत गर्न आज बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने जनाएको हो ।

त्रिशूली नदीले सडक कटान गर्दा गलौँदीमा सडक भासिएपछि शुक्रबार साँझदेखि आइतबार दिउँसोसम्म पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। दशैँको मुखमा राष्ट्रिय राजमार्ग बन्द हुँदा सवारी आवागमनमा समस्या परेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow