काठमाडौंका यी ११ स्थानबाट फरक कम्पनीको ग्यास सिलिन्डर साट्न पाइने

 0  27
काठमाडौंका यी ११ स्थानबाट फरक कम्पनीको ग्यास सिलिन्डर साट्न पाइने

काठमाडौं, २६ असोज । दशैँका बेला उपभोक्तालाई ग्यास अभाव नहोस् भन्ने उद्देश्यले नेपाल एलपी ग्यास उद्योग संघले ६ वटा बिक्री केन्द्रबाट सुरु गरिएको ग्यास साटफेर केन्द्र बढाएर ११ स्थानमा पुर्‍याएको छ ।

उपभोक्ताको सुविधाको लागि सोेमबारदेखि ५ स्थान थप गरेर ११ ठाउँमा ग्यास सिलिन्डर साटफेरको व्यवस्था मिलाइएको संघले जनाएको छ ।

संघका अनुसार सोमबारदेखि थपिएका नयाँ वितरण केन्द्रहरूमा बुढानीलकण्ठको चपलीमा भानु ग्यास, ललितपुरको हरिसिद्धिमा नेपाल र एचपी ग्यास, कलंकीमा गीता ग्यास, खसीबजारस्थित आरके ट्रेडर्समा सीताश्री ग्यास र सतुंगलमा श्रीमाया ग्यास रहेका छन् । तोकिएका ११ वितरण केन्द्रमा उपभोक्ताले आफूसँग भएको जुनसुकै कम्पनीको खाली सिलिन्डर बुझाएर उपलब्ध अर्को कम्पनीको भरिएको सिलिन्डर लिन सक्ने संघले जनाएको छ।

यो व्यवस्था असोज ३० गतेसम्म बिहान ११ बजेदेखि अपराह्न साढे ४ बजेसम्म सञ्चालन हुनेछ। तोकिएका यी ११ वटा केन्द्रबाहेक अन्य खुद्रा पसल वा स्थानबाट भने फरक कम्पनीको सिलिन्डर साट्न नमिल्ने पनि संघले जानकारी दिएको छ ।

यसअघि आइतबारदेखि ललितपुरको हरिसिद्धिमा श्रीराम, काठमाडौंको कलंकीमा साइबाबा र श्रीकृष्ण तथा सुकेधारामा बाबा र श्री ग्यास,  बालाजु औद्योगिक क्षेत्रको गेटअगाडि नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी, पेप्सीकोलामा सगर तथा सिफलचौरस्थित ग्यास एन्ड अक्सिजन ट्रेडर्सबाट एभरेस्ट र सुगम ग्यास साट्ने व्यवस्था गरिएको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow