चाँडपर्वको बेला तोकिएको भन्दा बढी भाडा लिए कारवाही हुने
काठमाडमैं, २२ असोज । चाँडपर्वको बेला तोकिएकोभन्दा बढी भाडा लिने सवारीसाधनलाई कारवाही गरिने भएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारले तोकेकोभन्दा बढी भाडा लिए कारवाही गरिने जानकारी दिएको हो ।
महासंघले सात प्रदेश, जिल्ला समिति तथा सदस्य सङ्घ–संस्था र काठमाडौंको गोंगबु बसपार्कमा कार्यरत शाखा प्रमुख तथा कर्मचारीलाई आवश्यक निर्देशन दिएको छ।
यस वर्षको दशैँका लागि यही असोज २३ गतेदेखि देशभरका यात्रुवाहक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गरिने भएको छ ।
What's Your Reaction?





