भोलि शनिबार र आइतबार काठमाडौंमा विद्युत् आपूर्ति अवरुद्ध हुन सक्ने

 0  15
भोलि शनिबार र आइतबार काठमाडौंमा विद्युत् आपूर्ति अवरुद्ध हुन सक्ने

काठमाडौं, २३ असोज । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति असोज २४ गते शनिबार र २५ गते आइतबार अवरुद्ध हुन सक्ने जनाएको छ।

काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउन मातातीर्थ–स्युचाटार १३२ केभी प्रसारण लाइनमा तार परिवर्तन गर्न लागिएकाले भोलि शनिबार र आइतबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म प्रसारण लाइन बन्द गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

प्रसारण लाइन बन्द रहने अवधिमा मातातीर्थ, स्युचाटार लगायत सम्बन्धित सबस्टेसनबाट विद्युत् आपूर्ति हुने क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुन सक्ने छ । कम क्षमताको पुरानो कन्डक्टरको सट्टा उच्च क्षमताको एचटिएलएस कन्डक्टर जडान गर्न लागिएको हो।

डबल सर्किट लाइनको एउटा सर्किटको करिब चार सय मिटर कन्डक्टर बदल्न बाँकी रहेको छ। उक्त कार्य सम्पन्न भएपछि प्रसारण लाइनको विद्युत् वहन क्षमता अभिवृद्धि हुनुका साथै बढ्दो विद्युत् माग व्यवस्थापन गर्न र विद्युत् प्रणालीलाई थप भरपर्दो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow