स्थानीय र पश्चिमी वायु सक्रिय, काठमाडौंमा भोलि बढी वर्षा हुने

 0  37
स्थानीय र पश्चिमी वायु सक्रिय, काठमाडौंमा भोलि बढी वर्षा हुने

काठमाडौं, १४ वैशाख । स्थानीय र पश्चिमी वायुका साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण आज देशभरका केही स्थानमा वर्षा सुरु भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी प्रदेशका एक दुई स्थानमा र मधेस प्रदेशमा पनि वर्षा सुरु भएको हो । विभागका अनुसार बागमती प्रदेशका काठमाडौंसहित पहाडी क्षेत्रमा वर्षा हुनेछ ।

मौसमविद् विनु महर्जनका अनुसार आजभन्दा काठमाडौंमा वर्षाको सम्भावना भोलिलाई धेरै छ । मौसमविद् महर्जनका अनुसार उच्च पहाडी र हिमाली भूभागमा पनि हल्का हिमपात सँगै वर्षाको सम्भावना रहेको छ ।

नयाँ प्रणाली विकास भएसँगै केही दिनदेखि बढेको तापक्रम केही घट्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौंमा वर्षा सुरु भएपछि मौसम केही सफा हुनुका साथै गर्मी पनि घटेको छ। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow