कस्ता छन् रिटर्नी फेडेरेसनका प्रदेश इन्चार्जहरू ?
काठमाडौं, १४ वैशाख २०८२ । यही वैशाख ११ र १२ गते काठमाडौंमा सम्पन्न रिटर्नी फेडेरेसन नेपालको प्रथम केन्द्रीय कमिटी बैठकले निम्न अनुसारको प्रदेश इन्चार्जहरू रहने गरि निर्णय गरेको छ ।
कोशी प्रदेश इन्चार्जमा धर्मेन्द्र खड्का रहेका छन् । झापा जिल्लाका उनी कोशी प्रदेश कमिटीका निवर्तमान अध्यक्ष हुन् ।
त्यसैगरी लुम्बिनी प्रदेश इन्चार्जमा रामचन्द्र बस्याल रहेका छन् । बुटवल निवासी बस्याल निवर्तमान लुम्बिनी प्रदेश अध्यक्ष हुन् ।
गण्डकी प्रदेश कमिटीका निवर्तमान अध्यक्ष प्रमिला बरालले गण्डकी प्रदेशको जिम्मेवारी पाएका छन् । बराल पूर्व प्रदेश कमिटीमा एकमात्र महिला अध्यक्ष थिएँ ।
पूर्व स्थायी कमिटी सदस्य रहिसकेका सुभेच्छा मेन्याङ्बोलाई बागमती प्रदेश कमिटीको इन्चार्ज तोकिएको छ ।उनी उद्यमशीलता विभागकाका पूर्व सचिव पनि हुन् ।
मधेश इन्चार्जमा बलराम बस्नेत रहेका छन् । बस्नेत फेडेरेसनका पूर्व केन्द्रिय सदस्य पनि हुन् ।
त्यसैगरी कर्णाली र सुदूर पश्चिम इन्चार्जमा सुभास रिजाल रहेका छन् । रिजाल पनि फेडेरेसनका पूर्व केन्द्रिय सदस्य हुन् ।
प्रमुख अतिथि नेकपा एमालेका महासचिव शङ्कर पोखरेल तथा फेडेरेसन इन्चार्ज डा.कृष्ण बहादुर केसीको विषेश उपस्थितिमा सम्पन्न बैठकका अध्यक्ष बिनोद भट्टराईले गरेका थिए भने सञ्चालन महासचिव खेम कार्कीले गरेका थिए ।
What's Your Reaction?





