अत्यधिक चिसो बढेपछि दाङका विद्यालय ३ दिन बन्द
काठमाडौं, १६ पुस । विगत केही दिनदेखि बढ्दै गएको चिसोका कारण दाङका विद्यालय बन्द गरिएको छ ।
आजदेखि घोराही उपमहानगरपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकाका विद्यालय तीन दिनका लागि बन्द गरिएको हो।
अत्यधिक चिसो बढेका कारण विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै सबै विद्यालय बन्द गरिएको जनप्रतिनिधिहरुले बताएका छन् ।
पालिकाहरुले सूचना जारी गरी चिसोले जनजीवन नै प्रभावित भएपछि पुस १६, १७ र १८ गते सामुदायिक तथा संस्थागत सबै विद्यालयमा बिदा गरिएको जनाएको छ ।
What's Your Reaction?





