प्रधानमन्त्री शाहलाई गाली गर्ने पाँचथरका युट्युबर जेल चलान
विराटनगर, २३ असार । फेसबुक, टिकटक, इन्स्टाग्रामसहितका सामाजिक सञ्जालमा प्रधानमन्त्री प्रधानमन्त्री बालेन्द्र शाह र उनको परिवारलाई लक्षित गरेर गाली गरेको आरोपमा पक्राउ परेका पाँचथरका युट्युबर रोशन पोखरेल पुर्पक्षका लागि जेल चलान भएका छन् ।
पाँचथर जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको प्रहरीले जनाएको छ। प्रहरीले साइबर अपराधको मुद्दा दायर गरेका युट्युबर पोखरेल गत चैत २६ गते पक्राउ परेका थिए ।
पोखरेलविरुद्ध केही दिनअघि पाँचथर जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरिएको थियो। जिल्ला अदालत पाँचथरका न्यायाधीश कुमार मास्केको इजलासले विद्युतीय कारोबार ऐनअन्तर्गत दर्ता गरिएको उक्त मुद्दामा सुनुवाइ गर्दै तत्काल पुर्पक्षको लागि थुनामा पठाउने आदेश जारी गरेको अदालतका सूचना अधिकारी सरस्वती नेम्वाङले जानकारी दिइन्।
What's Your Reaction?





