पश्विम नेपालमा हिमपात, चिसोले जनजीवन कष्ट भए पनि किसानहरु हर्षित (तस्विरसहित)

 0  24
पश्विम नेपालमा हिमपात, चिसोले जनजीवन कष्ट भए पनि किसानहरु हर्षित (तस्विरसहित)

काठमाडौं, १० माघ । सदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली जिल्ला हुम्ला, जुम्ला, बैतडी, डडेल्धरालगायतका जिल्लामा हिमपात भएको छ। विशेष गरेर सदूरपश्चिम र कर्णाली प्रदेशका बैतडी सिगास गाउँपालिका-९ बाटुले आसपासको क्षेत्र, म्याग्दीको धौलागिरि गाउँपालिका -२ स्थित लुलाङ गाउँ र आसपासका क्षेत्र, जुम्ला सदरमुकाम खलङ्गा बजार, सदरमुकाम सिमकोट बजारलगायतका क्षेत्रमा बस्तीहरू हिउँले सेताम्मेत भएका छन्।  

गत वर्ष हिमपात नभएको पश्चिम नेपालमा यस वर्षकै पहिलो पटक हिमपात भएको हो । हिमपातले जनजीवन कष्टकर बने पनि निकै लामो समय हिउँ नपर्दा चिन्तित भएका किसान हिउँ पर्न थालेपछि खुसी भएका छन्।

हुम्लाको तल्लो क्षेत्रमा वर्षा भइरहेको छ। हिमपात भएसँगै नाम्खा गाउँपालिका र उक्त गाउँपालिका हुँदै हिल्सा जाने बाटो पूर्णरुपमा बन्द भएको छ।

(तस्विर : रासस)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow