गोरखा-२ बाट उम्मेदवार बनेका बाबुरामले फिर्ता लिए उम्मेदवारी

 0  20
गोरखा-२ बाट उम्मेदवार बनेका बाबुरामले फिर्ता लिए उम्मेदवारी

गोरखा, ९ माघ । प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन् । 

गोरखा-२ निर्वाचन क्षेत्रबाट आफ्नो उम्मेदवारी दिएका भट्टराईले आफूनिकटका केही नेताहरूसँग छलफल गरेर उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन्। आफ्नो उम्मेदवारी फिर्ता लिएपछि उनले कसलाई समर्थन गर्ने भन्नेबारे केहि बताएका छैनन्। गोरखा-२ मा अन्य उम्मेदवारमा कांग्रेसका प्रकाशचन्द्र दवाडी, नेकपा एमालेका मिलन गुरुङ चक्रे, रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीलगायत रहेका छन्। 

गोरखा-२ बाट भट्टराई यसअघि निर्वाचित भइसकेका उम्मेदवार हुन् । ०७९ निर्वाचनमा भने भट्टराईले प्रचण्डलाई सहयोग गरेर आफू अब उम्मेदवारी नदिने बताउँदै आएका थिए । यसपटक पनि उनी चुनाव नलड्ने बताउँदै आएका थिए तर मनोनयनको दुई दिनअघि मात्रै निर्णय गरेर गोरखा पुगेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow